images
images
  • बालेनले सार्वजनिक गरे देश उभो लगाउने टोली

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देश बनाउने टोलीपछि देश उभो लगाउने अर्को टोली सार्वजनिक गरेका छन् ।

    बालेनले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित आफ्नो तस्बिर राखेर मंगलबार दिउँसो सामाजिक सञ्जालमा देश उभो लगाउने टोली भएको पोस्ट गरेका छन् ।

    ‘देश उभो लाउने टोली, निक्कै मिहिनेती मान्छेहरु’, उनले लेखेका छन् ।

    प्रधानमन्त्री बनेको केही दिनपछि बालेनले गृहमन्त्री सुधन गुरुङ र भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालको तस्बिर राखेर त्यसलाई देश बनाउने टोली भनेका थिए । भारत भ्रमणमा जाँदा अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको तस्बिरलाई राखेर उनले देश उभो लगाउने टोली भनेका छन् ।

    यो तस्बिर अर्थमन्त्री वाग्लेले सोमबार राति नै फेसबुकमार्फत सार्वजनिक गरेका थिए । त्यही तस्बिरलाई बालेनले मंगलबार फेसबुकमा देश उभो लगाउने टोली भन्दै शेयर गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images