images
images
  • काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का

    काठमाडौं – काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ। बिहानको समयमा अचानक धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन्।

    भूकम्पको केन्द्रबिन्दु कहाँ थियो, कति तीव्रताको थियो र कति बजे गएको हो भन्नेबारे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन।

    भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भए–नभएको विवरण पनि प्राप्त भएको छैन। केन्द्रबाट आधिकारिक विवरण आएपछि भूकम्पको समय, केन्द्रबिन्दु र तीव्रताबारे थप जानकारी स्पष्ट हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images