images
images
  • भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने

    काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणका क्रममा दिएको नेपाल भ्रमणको निमन्त्रणा मोदीले स्वीकार गरेका हुन् ।

    प्रधानमन्त्री शाहको भारत भ्रमणपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा मोदीले नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गरेको उल्लेख छ । यद्यपि, उनको नेपाल भ्रमणको मिति भने कूटनीतिक माध्यमबाट आपसी सहमतिमा तय गरिने विज्ञप्तिमा जनाइएको छ ।

    प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा आफू र आफ्नो प्रतिनिधिमण्डललाई दिएको न्यानो आतिथ्यका लागि मोदीप्रति आभार व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा उहाँले नेपाली जनताको तर्फबाट मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो। मोदीले निमन्त्रणा स्वीकार गर्दै भ्रमणको औपचारिक मिति कूटनीतिक माध्यमबाट तय गर्ने सहमति जनाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images