images
images
  • बालेनलाई भारतीय राज्यमन्त्रीले स्वागत गर्ने

    काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारतको राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन् ।

    प्रधानमन्त्री शाह आइतबार मंसिर ६ गते दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी दुईदिने राजकीय भ्रमणमा भारत जान लागेका हुन् ।

    भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछन् भने मंसिर ७ गते प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।

    वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तारलगायत विषयमा छलफल हुनेछ ।

    साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र विपद् व्यवस्थापनलगायत क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल भारत भ्रमणमा जानेछ ।

    टोलीमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन् ।

    प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images