काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने प्रयास भए आन्दोलनमा उत्रिन तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
भक्तपुरमा आयोजित राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै उनले संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूविरुद्ध ‘जिहाद’ छेड्नुपर्ने अवस्था आउन सक्ने बताए ।
उनले शान्ति सम्झौता र संविधानबाट प्राप्त उपलब्धिको रक्षाका लागि पार्टीले नयाँ सङ्कल्पसहित आन्दोलनको तयारी गर्नुपर्ने धारणा राखे ।
प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउँदै देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा अघि बढाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्






















