images
images
  • ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

    काठमाडौं – ताप्लेजुङको ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्रमा मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा गएको भूकम्पको तीव्रता ५.६ म्याग्निच्युड मापन गरिएको हो । भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङको ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा महसुस गरिएको थियो। बिहानै भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका थिए ।

    भूकम्पबाट भएको सम्भावित मानवीय तथा भौतिक क्षतिको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन । स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट क्षतिको विवरण संकलन भइरहेको जानकारी प्राप्त भएपछि थप विवरण आउनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images