images
images
  • बालेनको भारत भ्रमण सफल नभएको एसडी मुनीको दाबी, बागडोगरा उडानबारे के भने ?

    काठमाडौं– भारतीय कूटनीतिज्ञ एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमण सफल नभएको टिप्पणी गरेका छन् । मंगलबार उनले सामाजिक सञ्जालमार्फत बालेनको भ्रमणबारे संक्षिप्त टिप्पणी गरेका हुन् ।

    प्रधानमन्त्री शाहको भारत भ्रमण वाचा र प्रस्तुतिका हिसाबले उत्कृष्ट रहेको, तर कुनै ब्रेक थ्रु हुन नसकेको बताएका छन् । नेपालले मुख्य चासोको रुपमा उठाएको हवाई रुटका सम्बन्धमा उनले नयाँ कुरा सार्वजनिक गरेका छन् ।

    भारतले बागडोगराका लागि नेपाली आकाश प्रयोगको अनुमति माग्ने कुरा चीनसँग सम्बन्धित रहेको उनको दाबी छ ।

    ‘बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्ने भारतको माग चीनको सन्दर्भमा भारतको सुरक्षा संवेदनशीलताप्रति नेपालको प्रतिक्रिया परीक्षण गर्ने उद्देश्यले गरिएको थियो’, सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन् ।

    चीनकै कारण नेपाल अहिलेसम्म त्यस सन्दर्भमा सहयोग गर्न तयार नरहेको उनको विश्लेषण छ ।

    बालेनको भारत भ्रमणको उपलब्धि दुवै देशको राजनीतिक वातावरणले निर्धारण गर्ने उनको भनाइ छ ।

    ‘बालेनको भारत भ्रमण प्रकाश र प्रतिज्ञाहरूको हिसाबले उत्कृष्ट थियो, कुनै पनि सफलताविना र ठोस परिणामहरूमा पारस्परिक रूपमा स्वीकार्य, सारमा अपेक्षित थियो । भिजन डकुमेन्ट भारतको कूटनीतिक उपकरण किट हो । यसको कार्यान्वयन नेपाल र भारतबीचको राजनीतिक वातावरणमा निर्भर हुनेछ’, उनले लेखेका छन् ।

    मुनीले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी आफैं कमजोर हुँदै गएको संकेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images