काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पत्नी सविना काफ्लेसहित मुस्ताङ पुगेका छन् ।
भारतको दुई दिने राजकीय भ्रमण पूरा गरेर सोमबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री बालेन मंगलबार बिहानै मुस्ताङ पुगेका हुन् । प्रधानमन्त्री बालेन लेते गाउँ रिसोर्टमा बसेका छन् ।
‘मुस्ताङ भ्रमणका क्रममा हाम्रो मुस्ताङको सानो घर, लेते गाउँ रिसोर्टमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू आफ्नो परिवारसहित पाल्नुभएकोमा हामी हार्दिक आभार व्यक्त गर्दछौँ । हजुरहरूको यस भ्रमणले हामीलाई मात्र नभई समग्र मुस्ताङको पर्यटन क्षेत्रलाई पनि ठूलो हौसला र प्रोत्साहन मिल्ने विश्वास लिएका छौँ’, लेते गाउँ रिसोर्टको फेसबुक पेजले लेखेको छ, ‘हाम्रो सानो घरलाई आफ्नो गन्तव्य बनाउनुभएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूलाई आतिथ्यता प्रदान गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो ।’
प्रधानमन्त्री बालेन भारत भ्रमणका क्रममा श्रीमती सविनालाई साथमा नलिई नयाँदिल्ली गएका थिए । यसअघि गत असोजमा अमेरिका भ्रमणमा पनि उनले पत्नीलाई लगेका थिएनन् ।























