images
images
  • कार्यदलको सहमति अनुमोदन गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

    काठमा । पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।बैठक आज बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    कार्यदलमा सहमति जुट्न ढिलाइ भएपछि हिजोका लागि बोलाइएको बैठक आजका लागि सारिएको हो ।

    लामो समयदेखिको अन्तरविरोध समाधान गर्दै एमाले विवाद समाधान कार्यदलमा सहमति जुटेपछि पार्टी विभाजन हुनबाट जोगिएको छ ।

    कार्यदलले आइतबार राति १० बुँदे सहमति सार्वजनिक गरेपछि एमालेभित्र उत्साह छाएको छ ।

    कार्यदलले तयार गरेको ‘विद्यमान समस्या समाधानसम्बन्धी प्रस्ताव’ लाई मङ्गलबार बस्ने केन्द्रीय कमिटीको बैठकले समेत अनुमोदन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images