images
images
  • इंग्ल्यान्डलाई हराउँदै इटालीले जित्यो युरोको उपाधि

    काठमाडौं । इंग्ल्यान्डलाई टाइब्रेकरमा ३-२ ले हराउँदै इटालीले युरो-२०२० को उपाधि जितेको छ ।

    लन्डनको वेम्बली मैदानमा निर्धारित ९० मिनेटमा खेल १–१ को बराबरी सकिएको थियो। थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३–२ ले विजयी भएको हो।

    खेलको दोस्रो मिनेटमै गोल गर्दै इंग्ल्यान्डले १–० को अग्रता लिएको थियो। दोस्रो हाफमा थप आक्रामक देखिएको इटालीले ६७औं मिनेटमा गोल फर्काएपछि खेल पुनः प्रतिस्पर्धात्मक देखिएको थियो।

    निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images