काठमाडौँ । यसपटकको कोपा अमेरिका फु्टबलको उपाधि अर्जेन्टिनाले जितेको छ।
ब्राजिलमा नेपाली समयअनुसार आज बिहान सम्पन्न फाइनलमा आयोजक ब्राजिललाई एक गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो।
अर्जेन्टिनाका लागि एन्जल डिमारियाले खेलको २२औं मिनेटमा हानेको गोल नै जितका लागि निर्णायक बनेको हो।
यो जितसँगै अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले आफ्नो पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि पनि चुम्न सफल भए। यससँगै मेस्सीले सातौं बालुन डी’ओर अवार्ड जित्ने सम्भावना सबैभन्दा बलियो बनेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















