images
images
  • अमेरिकाले १५ लाख नेपालीलाई पुग्ने कोभिड खोप निःशुल्क दिने

    काठमाडौँ । अमेरिकाले करिब १५ लाख नेपाली नागरिकलाई पुग्ने गरी कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । उक्त परिमाणको खोप केही दिनमै उपलब्ध हुने भएको हो ।

    अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप पठाउनेछ । ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड-१९ खोप निःशुल्क उपलब्ध गराउँदैछ,’ अमेरिकी राजदूत र्‍यान्डी बेरीले भनेका छन्, ‘नेपाल(अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुसीको क्षण हो ।’

    अमेरिका सदैव नेपालीहरूको साथमा रहेको उनको भनाई छ । ‘नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेछ,’ राजदूत र्‍यान्डी बेरीले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images