images
images
  • माओवादी केन्द्र खारेजीको मागबारे बुझ्न माओवादी छोडेका एमाले नेताहरु निर्वाचन आयोेगमा

    काठमाडौं । पूर्व माओवादी केन्द्रका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिइएको निवेदनबारे बुझ्न आयोग पुगेका हुन् ।

    अहिले नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा आयोग पुगेका छन् । बुधबार पूर्व माओवादीका नेताहरुले माओवादी खारेज गर्न माग गरेका थिए । अस्ति वकिल र दोस्रो तहका नेताहरु जानु भयो । आज हामी पहिलो तहका नेताहरु गएर आफ्नो कुरा राख्छौं’, एक नेताले भने ।

    नेकपा खारेज भएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिदा नेकपा एमालेमा रहेका जनप्रतिनिधि कारबाहीमा परेका थिए ।

    प्रतिनिधिसभाबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी र राष्ट्रिय सभामा रामबहादुर थापा बादल, चन्द्रबहादुर खड्कालगायत कारबाहीमा परेका थिए ।

    माओवादीबाट कारवाही परेसँगै उनीहरुको सांसद पद खारेज भएको थियो । उनीहरुले आफूमाथि गरिएको कारवाही अवैधानिक रहेको मात्र नभई माओवादी केन्द्र नै अवैधानिक रहेको दावी अधिवक्ता सरोज बुढाथोकीका नामबाट दर्ता भएको निवेदनमार्फत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images