images
images
  • नवनियुक्तको शपथ ग्रहणमा ‘डाक्टर साप’को गुन्डागर्दीले कार्यक्रममा हंगामा !

    न्यूयोर्क-गैरआवासीय नेपाली संघ अमेरिकाको विवाद आज पहिलो होईन् विभिन्न कार्यक्रम गरिरहदाँ एकआपसमा होहल्ला र विवाद नभएको कार्यक्रम सायद विरलै होलान् । गैरआवासीय नेपाली संघ अमेरिकाको नवनिर्वाचित नयाँ कार्य समिति शपथ ग्रहण कार्यक्रममा दुई समुहविचको विवादले हात हालाहालसम्मको स्थितीमा देखा परे ।

    शपथ ग्रहण कार्यक्रममा सुरु भएको केहि समयपछि पुर्व अध्यक्ष एवं सल्लाहकार डा.केशव पौडेल लगाएका समुहले कार्यक्रमलाई आफु अनुकुल संचालन गर्न खोजेपछि विवादले उग्र रुप लिएको हो । कार्यक्रमस्थलको मञ्चमा हुलहुज्जत हुनुभन्दा केही मिनेटअघि आफ्नो बोल्ने पालोमा कृष्ण लामिछानेले सो कुरा बताउँदै पैसाको बल हुनेले मात्रै संघको नेतृत्व हत्याएको दुखेको उपस्थित साधारण सदस्यहरुमाझ गरे। संघको हालै सम्पन्न निर्वाचनमा २ सयजति मतान्तरले अध्यक्षमा पराजित उनले अध्यारो कोठामा बसेर षड्यन्त्र गर्दै नेपालीहरुको साझा सामाजिक संस्थालाई कब्जा गरेको र विकृत बनाएको आरोप लगाएका थिए।

    पूर्वअध्यक्ष डा.केशब पौडेलको नाम नलिई लामिछानेले यसो भनेको केहीबेरमा पौडेलसमूहका मानिसहरुले एकाएक मञ्च घेरेका थिए। उनीहरु मञ्चमा पुग्नुको कारण थिए सो दिनसम्मका अध्यक्ष सुनील साह। पौडेल समूहको योजनामा उनकै समूहका पूर्वसदस्य साह वाधक बनेका थिए । पौडेल समूह साधारणसभाको बन्द सत्र शुरु हुनु अगाडि नै नव निर्वाचित कमिटीको शपथ ग्रहण गराउन चाहन्थे, जसलाई साहसमूहले असफल बनाउने र बन्दसत्रको अन्त्यमा मात्र शपथ ग्रहण गराई कार्यभार हन्तान्तरण गर्न चाहन्थ्यो।

    साह समूहको हातमा कार्यक्रम सञ्चालनको जिम्मेवारी थियो किनकि उनी कार्यक्रमका सभापति र उनकै समूहका महासचिव पशुपति पाण्डे कार्यक्रम संचालन थिए। भर्खरैसम्पन्न निर्वाचनको तुस पौडेल र साहसमूहमा प्रेस्टिज इस्यूका रुपमा यसरी प्रकट भयो कि एकअर्कालाई असफल बनाउन दुबैले भरमग्दुर प्रयास गरेका थिए। र, परिणामस्वरुप सघको न्यूयोक साधारणसभा अमेरिकावासी नेपाली समुदायमा शिर निहुर्याउनु पर्ने लज्जास्पद कार्यक्रम बन्न पुग्यो।

    215045584 573060640357335 1277112554546752209 n

    पौडेलसमूहका साधारणसभा आयोजनाका कन्भेनर बीआर लामाले धन्यवाद ज्ञापनको लागि पाएको समयलाई मौकाको रुपमा प्रयोग गरिदिए। उनले धन्यवाद ज्ञापन गर्लान् र बन्द सत्र शुरु गरुंला भनेर बसेको साहसमूह एक्कासि झस्कियो, लामाले धन्यवाद ज्ञापन नगरी नव निर्वाचित कमिटीलाई शपथ ग्रहणका लागि मञ्चमा आमन्त्रण गरिदिए।

    उनको आमन्त्रणलाई निर्वाचन कमिटीले तत्काल स्वीकार गरिदियो किनकि निर्वाचन कमिटी पौडेल समूहकै पकडमा थियो। सो कमिटीका प्रमुख विश्व बराल पौडेलसमूहका योजनाकारमध्येका एक मानिन्छन्। तत्काल बराल मञ्चमा पुगे र निर्वाचन कमिटीका सदस्य तथा शपथ ग्रहणका लागि निर्वाचित कार्यसमितिलाई मञ्चमा बोलाए। एकछिन के गरौं कसौं गरौं भएका अध्यक्ष साह सभापतित्व गरिरहेको कुर्सीबाट जुरुक्क उठेर मञ्चमा पुगे र माइक खोसेर अहिले शपथ नहुने भन्दै बोल्न थाले। उनले बोलेको पौडेल समूहलाई पाच्य भएन। आफ्नो योजनामा तलमाथि भए जे पनि गर्ने तयारीमा पौडेल समूह देखियो।

    उनका तर्फबाट एकहुल मानिसहरु मञ्चमा उक्लिए अनि शुरु भयो भाँडभैलो। पौडेलआफैं आक्रोशित मुद्रामा मञ्चमा तथानामभन्दै सुनिएका थिए भने उनको प्रतिकार साह समूह कमजोर सावित भएको थियो। लफडा चर्कंदै गएपछि संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव गौरी जोशीसमेत मञ्चमा पुगेका देखिए।

    उनी एकछिन एकछिन् भन्दै शान्त पार्न कोसिस गर्दै थिए पौडेल उनैमाथि खनिए। अनि जोशी समूह पनि आक्रोशित भयो र मञ्चमा भीड थपियो। त्यो लगत्तै मञ्चमा हाली गलोजबाट हातहालासम्मको स्तिथी देखा पर्यो ।यो घटना यत्ति हो तर बबाल सिर्जना भइसकेपछि त्यसलाई रंग दिने प्रयासमा डा पौडेलसमूहको प्रयास देखिएको छ। महिनौं क्याम्पेन चलाएर निर्वाचन सम्पन्न भई विजयी भएको कार्यसमितिलाई बैधानिकता नदिने षड्यन्त्र भएको भन्दै त्यसलाई सफल हुन नदिइएको भन्ने तर्कहरु पौडेलसमूहले सामाजिक संजालमा भटाभट विभिन्न आरोपसहित कार्यक्रमलाई भाड्ने तरिकाले लेख्न थालेका छन्।

    यो कुराको खण्डन गर्दै निवर्तमान बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडेले आफ्नै फेसबुक लाइभमा भने, ‘शपथ ग्रहण नगराउने भन्ने कुरा प्रोपोगाण्डा थियो, त्यस्तो परिस्थिति थिएन।’ तय भइसकेको कार्यक्रमलाई भाँडेर बीचमै शपथ ग्रहण त्यो पनि धन्यवाद ज्ञापन गर्न गएका व्यक्तिको आह्वानमा हुनुले पौडेल समूह साह समूहको कार्यतालिका जसरी पनि भाँडेर साहको अपमानजनक विदाइका पक्षमा लागेको देखिएको थियो। र भयो पनि त्यस्तै।

    कार्यक्रमको डाडु पन्यू आफ्नो हातमा भएर पनि साहले साधारणसभाको उद्घाटन सत्र विसर्जनसमेत गर्न पाएनन्। उनलाई साधारणसभासमेत सफल बनाउन नसक्ने असफल नेतृत्वको बिल्ला भिराएर विदा गर्नुपर्ने अवस्थामा पु¥याइयो। विधान संशोधन प्रस्तावलाई पनि अलपत्र पारियो। साधारणसभामा पेश नै गरिएन।

    212264658 244945947119062 8764634322652936720 n

    आफूले आफैंलाई सम्मान

    कार्यसमितिले आवश्यकताजति पनि काम गर्न नसकेकोमा केही वक्ताहरुले आलोचना गरेका थिए। आलोचनकमध्येका एक अध्यक्षका प्रत्यासी तिलक केसीले अध्यक्ष साहले संस्थालाई अँध्यारो कोठाबाट चलाउंदा आफूले चर्को विरोध गरेको र अहिले उनी सुध्रिएको बताएका थिए। त्यसैगरी आइसीसीको अन्तर्राष्ट्रिय समितिका अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले पनि सोचेजस्तो काम हुन नसकेको बताएका थिए।

    उनले जति पनि काम हुनुपथ्र्यो त्यति काम हुन नसकेको गुनासो व्याप्त छ भनेका थिए। तर, समारोहको दृश्य भने फरक थियो। उल्लेखनीय कार्य गरेको भन्दै संघका अध्यक्ष सुनील साह आफैंले एनआरएनए अवार्ड लिएका थिए भने महासचिव पाण्डेले पनि सो अवार्ड लिएका थिए।

    अध्यक्षले मूल्यांकन गरेर आफूलाई पनि दिएको भन्दै आफ्नो नाम आफैं पढेर उनले अवार्ड लिएको दृश्य प्रत्यक्ष प्रसारण भइरहेको थियो। आफू पछि आउने कार्यसमितिले आफूहरुलाई अवार्ड दिंदैन भन्ने विश्वासका आधारमा आफूले आफैंलाई सम्मानित गरेको दृश्य बढो हेर्न लायक देखिएको थियो।abiswasko prastab

    निर्वाचन अयोगविरुद्ध अविश्वासको प्रस्ताव, खगेन्द्रको भूमिका

    उद्घाटन सत्रमा भांडभैलो भएपछि सुनील साह र उनको समूह निर्वाचन आयोगविरुद्ध पनि आक्रोशित बन्यो। धन्यवाद ज्ञापन गर्न गएको व्यक्तिले मञ्चमा बोलाउँदैमा प्रमुख आयुक्त विश्व बराल मञ्चमा पुगेर भटाभट शपथ खुवाउन थालेपछि साह र उनको समूहले अपमानित महसुस गरेको थियो। यही रन्कोमा साह र कृष्ण लामिछानेको समूह मिलेर निर्वाचन आयोग विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र त्यही साधारणसभाबाट पारित गरेको घोषणा गर्ने योजना बनाए।

    उद्घाटन सत्रमा अपमानित भएपछि सोही साँझ साह र लामिछानेसमूहले संयुक्त योजनामा अविश्वासको प्रस्ताव पेश गर्ने ड्राफ्ट पनि तयार गरे। एनआरएनएको सचिवालयमा दर्ता गर्ने र साधारणसभामा प्रस्तुत गरी पारित गर्ने योजनामा संघका पूर्वअध्यक्ष तथा वकिल खगेन्द्र जिसीको सल्लाहले ट्विष्ट ल्याइदियो। उनले दर्तामात्र भए निर्वाचन आयोग आफैं खारेज वा निस्किृय हुन्छ भन्ने सल्लाह दिएर हलभित्र प्रस्ताव गरी पास भएको घोषणा भइरहनु नपर्ने बताएका थिए । उनको कुरालाई आधार मानेर अविश्वासको प्रस्ताव तत्काल दर्ता गराइयो।

    सचिवालय आफ्नै नियन्त्रणमा भएकोले प्रस्ताव दर्ता गराउन कुनै समस्या भएन साहलाई। नत्र, साधारणसभामा कुनै पनि प्रस्ताव ल्याउनु पर्ने हुंदा २४ घण्टाअघि नै दर्ता हुनुपर्ने व्यवस्था लगाएर दर्ता नै गर्न दिइन्नथ्यो। दर्ता भइसकेको प्रस्ताव पारित भएको घोषणा नभए पनि साधारणसभामा बाचन गरेर सुनाइएको थियो। तर, न त पारित भयो भनियो न त फेल भएको सूचना नै दिइयो। अब सो प्रस्तावको अवस्था के हो भन्ने विवाद जन्मिएको छ। एकथरि (साह र लामिछाने समूह) प्रस्ताव पारित भएको तर्क गर्दैछन् भने पौडेल समूह त्यस्तो प्रस्तावको बैधानिक हैसियत नै नभएकोले मतलब गरिरहन नपर्ने तर्कमा छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images