images
images
  • बाढी पहिरोको कारण देशभर ४४ को मृत्यु, २७ बेपत्ता, ६० जना घाइते

    काठमाडौं । बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि हालसम्म देशभर ४४ जनाको मृत्यु भएको छ । २७ जना बेपत्ता भएका छन् भने ६० जना घाइते भएका छन् ।

    अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेमा २४ जना पुरुष, १३ जना महिला, चार जना बालक र तीन जना बालिका रहेका छन् ।

    तीमध्ये सिन्धुपाल्चोकमा पाँच जना, डोटीमा चार जना, रोल्पा र गोरखामा ३र३ जनाको मृत्यु भएको छ । त्यस्तै चितवन, तनहुँ, प्युठान, धादिङ, म्याग्दी, दाङ र रौतहटमा २र२ जना रहेका छन् ।

    ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १र१ जनाको मृतयु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images