images
images
  • बादल समूह निर्वाचन आयोगमा: माओवादी केन्द्र खारेजीको माग

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को दर्ता खारेजीको माग गर्दै एमालेमा लागेका पूर्वमाओवादी नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।

    लामो समय अधिवेशन नगरेको भन्दै माओवादी केन्द्र अवैधानिक रहेको दावीसहित रामबहादुर थापा ‘बादल’ समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेता आयोग पुगेका हुन् ।

    माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्यो? जस्ता प्रश्नहरु उनीहरूले उठाएका छन् ।

    माओवादी छाडेर एमालेमा गएका नेताहरूले आज आयोग पुगेर केन्द्रको दर्ता खारेज गर्न माग गर्दै निवेदन दिएका छन् ।

    संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजी गरिपाऊँ भनेर निवेदन पेश भएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    उनले निवेदनमाथि सचिवालयमा अध्ययन हुने र व्यहोरासहित आयोगमा पेश गरेर निर्णय हुने बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images