विदेशमा चिकित्सा शिक्षा पढेकाले स्वदेशमै इन्टर्नसिप गर्न पाउने, २४ असारबाट ५ साउनसम्म अनलाइन आवेदन

विदेशमा चिकित्सा शिक्षा पढेकाले स्वदेशमै इन्टर्नसिप गर्न पाउने, २४ असारबाट ५ साउनसम्म अनलाइन आवेदन

विश्व खबर

@BishwoKhabar

२०७८ असार २३ गते बुधबार ०१:४३

काठमाडौं । विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेको तर कोरोनाका कारण इन्टर्नसिप पुरा गर्न नपाएका नेपाली विद्यार्थीले अब स्वदेशमा नै इन्टर्नसिप पूरा गर्न पाउने भएका छन् । कोरोना भाइरसका कारण विदेशमा इन्टर्नसिप गर्न नपाएकाले नेपालमै...

काठमाडौं । विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेको तर कोरोनाका कारण इन्टर्नसिप पुरा गर्न नपाएका नेपाली विद्यार्थीले अब स्वदेशमा नै इन्टर्नसिप पूरा गर्न पाउने भएका छन् ।

कोरोना भाइरसका कारण विदेशमा इन्टर्नसिप गर्न नपाएकाले नेपालमै गर्न पाउनुपर्छ भनी उनीहरुले लामो समयदेखि माग राख्दै आएकाथिए । सोही अनुसार चिकित्सा शिक्षा आयोगले विदेशमा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिपको व्यवस्था गरेको हो ।

चिकित्सा शिक्षा आयोगले बुधबार सूचना जारी गर्दै विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर कोभिड –१९ का कारण इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीलाई आवेदन दिन माग गरेको छ ।

आयोगमा २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तीर्ण गरेर बाँकी अवधि पूरा गर्नका लागि आवेदन माग हो ।

इन्टर्नसिप व्यवस्थापन समितिको २१ असारमा बसेको बैठकले आवेदन माग गर्ने निर्णय गरेको हो । आवेदन २४ असारबाट ५ साउनसम्म अनलाइनमार्फत भर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति २०७८ असार २३ गते बुधबार ०१:४३
प्रतिक्रिया दिनुहोस
  • ncell

  • ninm

  • nic asia