images
images
  • सहमति बिना नै सकियो एमाले कार्यदल बैठक,भोलि फेरि बस्ने

    काठमाडौं । नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक सकिएको छ। कार्यदलको मंगलबारको बैठकमा पनि कुनै सहमति हुन सकेन ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताए ।

    सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलबार दिउँसो बसेको बैठकमा असहमतिका कुरा राखिएको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए।‘हामीले आज कहाँ-कहाँ हाम्रा असहमतिहरू छन् भन्ने सबै राख्यौं। छलफल सकारात्मक छ, भोलि फेरि बस्छौं,’ बैठकपछि बिष्टले भने।

    यस्तै ,कार्यदलका अर्का सदस्य सुवास नेम्वाङले आज विस्तृत, गम्भीर र सकारात्मक छलफल भएको बताए।‘अहिलेसम्म भइरहेका घटनाक्रमबारे विस्तृतमा छलफल भयो। भोलि बिहान साढे आठ बजे बस्ने गरी आजलाई हामी उठ्यौं,’ उनले भने।

    यसअघि सोमबार साँझ बसेको बैठकले अनौपचारिक छलफलको पुनरावलोकन भएको भन्दै उनले आज फेरि बैठक बस्ने निर्णय गरेको थियो।

    बैठक फेरि बुधबार विहान साढे ८ बजे फेरि बस्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images