काठमाडा । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा. युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।
आइतबार राष्ट्रपतिको कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै डा.खतिवडालाई मेक्सिकोका लागि राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको हो ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम खतिवडालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो । डा. खतिवडा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत समेत हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















