images
images
  • घरबार गुमाएका परिवारलाई अस्थायी बसोबासका लागि सरकारले ५० हजार उपलब्ध गराउने

    काठमाडौं । पप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मनसुनजन्य विपद्का घटनाबाट पीडितको खोज तथा उद्धार र राहतका लागि राज्यका सबै संयन्त्रको समन्वयात्मक परिचालन गरिएको जानकारी दिएको छ । सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजारका दरले उपलब्ध गराउने गरि प्रक्रिया अघि बढाएको छ ।

    राष्ट्रियसभाको आईतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिदै गृहमन्त्री विष्णु पौडेलले तत्कालअस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका हुन् ।

    यस वर्षको मनसुन सुरु यता मुलुकका विभिन्न स्थानमा मनसुनजन्य विपद्का कारण पुगेको क्षतिबार सभालाई जानकारी गराउदै सरकारले तत्काल उद्धार , राहत र पुर्नस्थापनाका लागि सरोकारवालाहरुसंग समन्वयन गरि आवश्यक निर्देशन गरेको पनि बताए ।

    त्यस्तै यसबर्षको मनसुन विपद्का कारण क्षति भएका सम्पुर्ण निजी आवासहरुको समेत विपद् प्रभावित नीजि आवास पुर्ननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि २०७७ बमोजिम पुर्ननिर्माण गर्ने व्यवस्था मिलाईएको उनले जानकारी दिए ।

    उनले भने, ‘यसवर्षको मनसुनजन्य विपद्बाट २०७८ असार १६ गते सम्म विभिन्न जिल्लामा आंशिक तथा पुर्ण क्षति भएका ५ सय ७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाईएको छ ।’

    सबै प्रदेशमा बाढी तथा पहिरोको लागत संकलन गर्ने कार्य जारी रहेको तथा घरबास गुमाएका परिवारलाई उपलब्ध गराउने सहयोगलाई पनि सरकारले निरन्तरता दिने मन्त्री पौडेलले बताए ।

    गत वर्षको मनुसनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९ सय ४९ परिवारहरुलाई पहिलो किस्ता वापत प्रति परिवार ५० हजार रुपैयाका दरले १९ करोड ९७ लाख अनुदान प्रदान गरि पुर्ननिर्माणको काम सुरु गरिएको पनि पौडेलले जानकारी दिए । उनले यसवर्षको मनसुनजन्य विपद्का कारण विभिन्न जिल्लामा पुगेको क्षतिबारे सभालाई विस्तृत जानकारी गराएका छन् । मनसुन जन्यकारणले हालसम्म ५ सय ५ निजी घर पुर्णरुपमा क्षति भएका छन् ।

    मन्त्री पौडेलले पीडीतको राहत तथा उद्धारका लागि प्रदेस्तरमा आवश्यक प्रबन्ध गरिएको भन्दै त्यसबारे भएका कामकारवाहीको पनि फेयरिस्त प्रस्तुत गरे । त्यसैगरी जिल्ला विपद् व्यवस्थापन समितिहरुले स्थानीय तह र अन्य संघ संस्थासंग समन्वयन गरी प्रभावितहरुलाई राहतको प्रबन्ध तथा खोज तथा उद्धारका लागि जोखिमयुक्त स्थानहरुमा सुरक्षाकर्मीहरुलाई तैनाथ राखिएको मन्त्री पौडेलले बताए ।

    पीडीतहरुको राहत र उद्धारका लागि राज्यका सबै निकायबीच समन्वय गरि परिचालन गरिएको र सिन्धुपाल्चोक, मनाङ्ग र गोर्खा जिल्लाका २ सय ७८ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।

    सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म जाने पहुँच मार्ग र पुलमा क्षति भएको हुनाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट अविलम्ब दुई बेलीब्रिज निर्माण तयारी गरिएको छ । मेलम्ची आयोजनाको खानेपानी, सडकलगायत पूर्वाधारसम्बद्ध विशेषज्ञको टोलीबाट स्थलगत अनुगमन गरी तत्काल पहुँच मार्ग पुनःनिर्माण गर्नाका साथै आयोजनाको हेडवक्र्समा भएको क्षतिको यकिन गरी मर्मतसम्भारको काम अगाडि बढाइने उनले बताए।

    देशभरका सानाठूला गरी ४३ खानेपानी आयोजनामा क्षति पुगेको छ । सम्बन्धित निकायबाट पुनःनिर्माणको प्रयास भइरहेका बारेमा उनले बैठकलाई जानकारी गराउए । विपद्बाट कास्की, लमजुङ, मनाङ, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लाका सानाठूला गरी २५ जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको छ । हालसम्म सिन्धुपाल्चोक, मनाङ र गोरखा जिल्लाका गरी २७८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सिन्धुपाल्चोक, मनाङ, दाङ, बारा, धनुषा, सुनसरी, पर्सा, चितवनलगायत जिल्लाका दुई हजारभन्दा बढी जनालाई अन्य माध्यमबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

    “मनसुनजन्य विपद्बाट अतिप्रभावित सिन्धुपाल्चोक, मनाङलगायत आठ जिल्लामा ८३४ थान टेण्ट, दुई हजार ५६ थान त्रिपाल, १९४ थान स्लीपिङ ब्यागलगायतका राहत सामग्री मन्त्रालयको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराई प्रभावित परिवारलाई वितरण गरिएको छ”, उनले भने । त्यसैगरी जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तह र अन्य सङ्घसंस्थासँग समन्वय गरी प्रभावितलाई राहतको प्रबन्ध गरिरहेको उहाँले जानकारी गराए ।

    बगमति प्रदेशको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, लुम्बिनी प्रदेशको नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा रहेका मानविय सहायता स्थलहरुमा खोज उद्धार र राहतका सामाग्रीहरु भण्डारण गरिएको छ । त्यसैगरी इनरुवा, हेटौडा, पोखरा र बुटवलमा पनि आवश्यक सामाग्रीहरु भण्डारण गरिएको छ ।

    प्रादेशिक विपद् गोदाम घरहरुमा पनि राहत सामाग्रीहरु भण्डारण गरि राखिएको छ । खोज उद्धार र राहतका लागि केन्द्रीय विपद व्यवस्थापन कोष तथा जिल्ला विपद् व्यवस्थापन कोषहरुमा आवश्यक रकम मौजदात राखि परिचालनको व्यवस्था मिलाईएको छ ।

    विषयगत निकायबाट तत्काल कार्ययोजना बनाई क्षतिभएका संरचनाको पुर्ननिर्माण कार्य पनि जारी रहेको मन्त्री पौडेलले जानकारी दिए । तर ठूलो क्षति भएका कारण वेशिसहर मनाङ्ग सडक, अरनिको राजमार्ग सडक, बाजुराको मार्तडी कोल्टी सडक र कुलेखानी हेटौडा लगायतका स्थानमा अवरुद्ध सडक अझै अवरुद्ध रहेकाले ती सडकखण्ड खोल्ने प्रयास जारी र सेती दोभान लगायत मुग्लि नाराष्णगढ सडकका विभिन्न स्थानमा झरेको पहिरो हटाई यातायात सञ्चालन गर्ने प्रयास भईरहेको छ।

    उनले सरोकारवाला निकाय र तीनका पदाधिकारीहरुलाई विपद्बाट पुगेको क्षतिको समिक्षा गरि पुर्ननिर्माण र पुनस्थापनाका काम अघि बढाउन निर्देशन दिईएको पनि उनले जानकारी दिए।

    विषयगत मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरु तथा विभागिय प्रमुखहरुको उपस्थितिमा बैठक बसी मनसुन जन्य विपद्बाट भएको क्षतिको समिक्षा गरि क्षतिग्रस्त सार्वजनिक सम्पत्ति र पुर्वाधारहरुको पुर्ननिर्माण र पुनस्थापनाका लागि तत्काल एकीकृत कार्ययोजना बनाई कार्यान्वयन गर्न सम्बन्धित पदाधिकारीलाई निर्देशन दिईएको छ ।

    अवरुद्ध राजमार्ग, खानेपानी, विद्युत्, सञ्चार लगायतका अन्य सेवाहरु सरोकालवाला निकायहरुको समन्वयनमा तत्काल सुचारु गर्न प्रबन्ध मिलाईएको छ ।

    मन्त्री पौडेलले गतबर्षको पहिरोबाट क्षति भएका सिन्धुपाल्चोक, कालिकोट , पर्वत, म्याग्दी, संखुवासभा लगायत १३ जिल्लाका विभिन्न स्थानहरुको भौगर्भिक अध्ययन गरि पुर्ननिर्माण, पुनस्थापना र जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण गर्ने प्रक्रिया पनि थालनी भएको बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images