images
images
  • राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री पौडेलले सम्बोधन गर्ने

    काठमाडौं। आइतबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठकमा उपप्रधान एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले सम्बोधन गर्ने जनाइएको छ ।

    बैठकमा गृहमन्त्री पौडेलले समसामयिक विषयमा  सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

    संसद सचिवालयका महासचिव डा.भरत पौडेलका अनुसार आजको बैठकमा राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन र प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिको प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images