काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरु अनौपचारिक संवादमा जुटेका छन् । ललितपुरको सानेपास्थित होटल समिटमा नेताहरुबीच संवाद भइरहेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझसम्म संसद् विघटन विरुद्ध दायर मुद्दाबाट हस्ताक्षर फिर्ता नलिए एकता नहुने चेतावनी दिए पनि दोस्रो तहका नेताहरुले भने संवाद तोडेका छैनन् ।
सहमतिका लागि तयार पारिएको मस्यौदामा अध्यक्ष केपी शर्मा ओली सहमत भए पनि वरिष्ठ नेता माधव नेपाल सहमत भइसकेका छैनन् ।
अनौपचारिक संवादमा अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, शंकर पोखरेललगायत छन् सक्रिय छन् भने नेपालका तर्फबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकण विष्ट, भीम आचार्यलगायत छन् ।
प्रकाशित मिति २०७८ असार १९ गते शनिवार ०३:२६