काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन माधव पक्षलाई निर्देशन दिएको छ ।
बालुवाटारमा जाारी केन्द्रीय कमिटी बैठकले विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो ।
बैठकमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनेर बुझाएको हस्ताक्षर दुई दिनभित्र फिर्ता गर्नुपर्ने प्रस्ताव पार्टीको केन्द्रीय कमिटीमा पेस गरेका छन् ।
महासचिव पोखरेलले प्रस्तुत गरेको प्रस्ताव केन्द्रीय कमिटी बैठकले पारित गरेको छ ।
माधव पक्षका १५ जना प्रत्यक्ष निर्वाचित र ८जना समानुपातिक सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट निवेदन समेत दिएका छन् ।


विश्व खबर 




















