images
images
  • ओलीले बोलाएको बैठकमा गएपनि सर्वोच्च अदालतमा बुझाएकोहस्ताक्षर फिर्ता हुँदैन: उपाध्यक्ष ज्ञवाली


    काठमाडौं । नेकपा (एमाले)उपाध्यक्ष युवराज ज्ञवालीले केपी शर्मा ओलीले शुक्रबार ‘जेठ २ को केन्द्रीय कमिटी’ बैठक बोलाउनु सकारात्मक भए पनि त्यसभित्र अझै जालझेलको गन्ध लुकेको टिप्पणी गरेका छन् ।

    आफूहरु ओलीले बोलाएको बैठकमा गएको खण्डमा पनि सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नहुने ज्ञवालीको अडान छ ।

    ज्ञवालीले भने, ‘ओलीजीहरुको भित्री कुरा के बुझिन्छ भने जेठ २ मा जाने भन्दिइसकेपछि माधव नेपाल समूहका साथीहरु विभाजित पनि हुन सक्छन्, त्यसपछि जे जे हुन्छ–हुन्छ। साँच्चै एकता गर्ने खालको मनसाय चाहिँ उहाँहरुमा देखिँदैन । तर, पनि जेठ २ को कमिटीमा जाऔं भनेर हामीले पहिल्यैदेखि उठाएको विषय यही हो । यो हाम्रो जीत हो ।’

    शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै माधव नेपाल पक्षले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर भने कुनै हालतमा फिर्ता गर्न नमिल्ने ज्ञवालीले बताए ।

    माधव पक्षका नेता ज्ञवालीले भने, ‘हामीले नै रिट दिएको हुनाले त्यसबाट हामीले ‘ब्याक’ हुन मिल्दैन । हस्ताक्षर फिर्ता भन्ने त अहिले विषय नै हुँदैन । फिर्ता हुने सम्भवै छैन । त्यो अब हाम्रो विषय रहेन, अदालतको विषय हो ।’उनले भने

    उपाध्यक्ष युवराज ज्ञवालीले १८ गते बोलाइएको केन्द्रिय कमिटी बैठकमा भाग लिने वा नलिानेबारे विश्लेषण र छलफल गर्ने पनि बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images