images
images
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं – स्थानीय बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ ।

    ५ हजार रुपैयाँले बढेर आज प्रतितोला एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

    यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य एक हजार ९ सय ९० रुपैयाँ पुगेको हो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images