काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफामा उल्लेख्य छलाङ मारेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आवको असोज मसान्त (पहिलो त्रैमास) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी सामान्य बढेको र सम्भावित कर्जा जोखिम बापत छुट्याइने कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा ठूलो गिरावट आएका कारण बैंकको नाफामा उच्च वृद्धि देखिएको हो ।
समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ६०.८१ प्रतिशतले घटेर १ अर्ब ९ करोड ७३ लाख ९३ हजार रुपैयाँमा झरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८० करोड ४ लाख ३१ हजार रुपैयाँ थियो ।
बैंकको सञ्चालन मुनाफा बढेर ३ अर्ब २५ करोड २० लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष १ अर्ब ५१ करोड २ लाख रुपैयाँमा सीमित थियो ।
समीक्षा अवधिमा बैंकको आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानीमा ०.८८ प्रतिशतको सामान्य वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब २४ करोड ३१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा बढेर ३ अर्ब २७ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको ब्याज आम्दानी ८ अर्ब ३४ करोड ३ लाखबाट घटेर ७ अर्ब ४१ करोड ७१ लाख रुपैयाँमा झरेको छ भने ब्याज खर्च ५ अर्ब ९ करोड ७१ लाखबाट घटेर ४ अर्ब १४ करोड ५४ लाख रुपैयाँ कायम भएको छ ।
उता गैर–ब्याज आम्दानीतर्फ भने बैंकको खुद फि तथा कमिसन आम्दानी ४.८२ प्रतिशतले बढेर ५९ करोड २१ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको पहिलो त्रैमासमा ५६ करोड ४८ लाख रुपैयाँ थियो । साथै खुद ट्रेडिङ आम्दानी ३१ करोड २९ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी १७ करोड २७ लाख रुपैयाँ रहेको छ ।
व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप र कर्जा प्रवाह दुवैमा सामान्य वृद्धि देखिएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्य (असार मसान्त २०८३) को तुलनामा चालु आवको पहिलो तीन महिनामा ग्राहक निक्षेप २.६९ प्रतिशतले बढेर ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँबाट ५ खर्ब ४० अर्ब ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा ग्राहक कर्जा प्रवाह पनि ०.३३ प्रतिशतले बढेर ३ खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपैयाँबाट ३ खर्ब २२ अर्ब ४१ करोड २० लाख रुपैयाँ कायम भएको छ ।
कर्जाको गुणस्तर अर्थात् सम्पत्तिको अवस्थामा भने केही दबाब देखिएको छ । बैंकको कुल निष्कृय कर्जा (एनपीएल) गत आर्थिक वर्षको पहिलो त्रैमासको ६.६३ प्रतिशतबाट बढेर चालु आवको सोही अवधिमा ८.८७ प्रतिशत पुगेको छ । यद्यपि खुद निष्कृय कर्जा भने १।४६ प्रतिशतबाट केही सुधार भई १.३७ प्रतिशतमा झरेको छ ।
कुल निष्कृय कर्जामा नोक्सानी व्यवस्थाको कभरेज गत वर्षको १०१.५७ प्रतिशतबाट सामान्य बढेर १०१.६० प्रतिशत कायम भएको छ ।
बजारको ब्याजदर घट्दो चक्रमा रहेका कारण बैंकको फण्ड लागत, आधार दर र स्प्रेड दर तीनवटै सूचक संकुचित बन्दै गएका छन् । बैंकको निक्षेपको लागत (कस्ट अफ फण्ड) ३.९२ प्रतिशतबाट घटेर ३.०७ प्रतिशतमा र औसत आधार दर (बेस रेट) ५.६९ प्रतिशतबाट घटेर ४.५१ प्रतिशतमा (असोज महिनाको ४.४४ प्रतिशत) झरेको छ ।
बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड दर) पनि गत आवको ३.४४ प्रतिशतबाट घटेर ३.०० प्रतिशतमा सीमित भएको छ । बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो( ६६.७३ प्रतिशत कायम भएको छ ।
नाफामा आएको उच्च वृद्धिसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९ईपीएस० ५३ पैसाबाट उल्लेख्य बढेर १३ रुपैयाँ ८५ पैसा कायम भएको छ । साथै पुँजीमा प्रतिफल अर्थात् वार्षिकीकृत आरओई ०.२७ प्रतिशतबाट बढेर ६.९५ प्रतिशत र सम्पत्तिमा प्रतिफल अर्थात् आरओए ०.०३ प्रतिशतबाट बढेर ०।७६ प्रतिशत पुगेको छ ।
बजारमा प्रतिसेयर मूल्य २०६ रुपैयाँ २० पैसा रहँदा बैंकको मूल्य आम्दानी अनुपात ९पीई रेसियो० १४.८९ गुणा कायम भएको छ ।
हाल ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ८८ पैसा, पुँजी पर्याप्तता अनुपात (सीएआर) १२(१७ प्रतिशत र खुद तरल सम्पत्तिरनिक्षेप अनुपात ४२.६७ प्रतिशत रहेको छ ।
चालु आवको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने ५ अर्ब १६ करोड १६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।






















