काठमाडौं – प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट्स/लाकाली केबलकार लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीले बैंकका ग्राहक र कर्मचारीलाई इला होटल्स एण्ड रिसोर्ट्सरलाकाली केबलकारमा विशेष छुट पाइने भएको हो।
समझदारीपत्रमा प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स/लाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन्।
उक्त सहकार्यअन्तर्गत प्रभु बैंकका ग्राहक र कर्मचारीले खानपानमा १० प्रतिशत छुट, केबलकार टिकटमा २० प्रतिशत छुट, आवास सेवामा १० प्रतिशत छुट र केबलकार यात्रा निःशुल्क सेवा पाउनेछन्।
उक्त सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको बैंकले बताएको छ। ग्राहक तथा कर्मचारीहरूलाई उच्चस्तरीय जीवनशैली अनुभव प्रदान गर्न यो सहकार्य महत्वपूर्ण उपलब्धि भएको बैंकले विज्ञप्तिमार्फत उल्लेख गरेको छ।























