images
images
  • रोमाञ्चक जित निकाल्दै रियल मड्रिड कोपाको फाइनलमा

    अतिरिक्त समयमा एन्टोनियो रुडिगरले गोल गरेपछि रियल सोसिडाडलाई हराउँदै रियल मड्रिड कोपा डेल रे को फाइनलमा प्रवेश गरेको छ।

    मंगलबार राति भएको सेमिफाइनलमा रियल सोसिडाडसँग ४–४ को बराबरीमा रोकिएपनि समग्रमा ५–४ को जित निकाल्दै रियल कोपा डेल रे को फाइनलमा पुगेको हो।

    सेमिफाइनलको पहिलो लेगमा मड्रिडले सोसिडाडलाई १–० गोल अन्तरले हराएको थियो।

    वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका एन्टोनिय रुडिगरले १ सय १५ औँ मिनेटमा गोल गर्दै रियललाई फाइनलमा पुर्याउन सहयोग गरे।

    पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा बाँकी सबै गोल दोस्रो हाफमा सम्भव भए। रियल सोसिडाडका लागि मिकेल ओयारजवालले दुई गोल गरेपनि टोलीको हार टार्न सकेनन्।

    पहिलो हाफको १६ औँ मिनेटमा बारेनटेक्साको गोलमा रियल सोसिडाडले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ३० औँ मिनेटमा एन्ड्रिकको गोलमा मड्रिड बराबरीमा आएको थियो।

    ७२ औँ मिनेटमा डेभिड अलावाले आत्मघाति गोल गरेपछि सोसिडाले खेलमा अग्रता बनाएको थियो। तर खेलको ७२ औँ मिनेटमा जुड बेलिङ्घमको गोल मड्रिड खेलमा फर्किएको थियो।

    खेलको ८० र इन्ज्युरी समयको तेस्रो मिनेटमा मिकेल ओयारजवालले दुई गोल गरे। ८६ औँ मिनेटमा औरेलियन चौमेनीले मड्रिडलाई पुनः बराबरीमा ल्याएका थिए।

    सेमिफाइनलको दोस्रो लेगमा आज राति बार्सिलोना र एथलेटिको मड्रिड भिड्नेछन्। सेमिफाइनलको पहिलो लेगमा बार्सा र एथलेटिकोले ४–४ को बराबरी गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images