images
images
  • एनपीएल तेस्रो संस्करण: पोखराले काठमाण्डुलाई दियो २२५ रनको लक्ष्य

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आइतबार भएको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई २२५ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो ।

    पोखराका लागि कुशल भुर्तेल र युवराज सिंह साम्राले उत्कृष्ट पारी खेलेर अर्धशतक पूरा गरेका छन् । भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन बनाए । त्यस्तै साम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रन जोडे । कप्तान चमिका करुणारत्नेले अविजित १९ रन बनाए ।

    बलिङतर्फ काठमाण्डुका लागि करण केसीले दुई र जहानदाद खानले एक विकेट लिए ।

    पोखरा एभेन्जर्सले आज बनाएको २२४ रनको योगफल एनपीएलको तीनवटा संस्करणसम्म आइपुग्दा हालसम्मकै उच्च हो । यसअघि गत वर्ष दोस्रो संस्करणको एनपिएलमा विराटनगरले पोखराविरुद्ध २२० रन बनाएको थियो ।

    पोखरा प्लेअफबाट यसअघि नै बाहिरिसकेको छ । अङ्क तालिकाको तेस्रो स्थानमा रहेको काठमाण्डुले भने ६ खेल खेल्दा चारमा जित र दुईमा हार व्यहोरेको छ । काठमाण्डु गोर्खाजले अहिले पोखरा एभेन्जर्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images