images
images
  • मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा, जसपा नेतृत्वमा तीन पार्टीको नयाँ सरकार बन्दै

    काठमाडौ –मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। सभाबाट विश्वासको मत लिने घोषणा गरेका मुख्यमन्त्री यादवले विश्वासको मत पाउने अवस्था नदेखेपछि सभालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्।

    शनिबार निधन भएका नेकपा एमालेकी सा‌सद जैनव खातुनप्रति सभाबाट शोक प्रस्ताव पारित गरेको छ।

    प्रदेश सभाको अंकगणितमा अल्झिनुभन्दा मधेश प्रदेशमा स्थिर सरकार निर्माण र राजनीतिक निकासका लागि आफूले राजीनामा दिएको मुख्यमन्त्री यादवले बताए।

    मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामआशिष यादवले प्रदेशसभा बैठक आह्वान गरेका छन् ।
    ।

    विश्वासको मतका लागि आवश्यक बहुमत जुटाउन मुख्यमन्त्री यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा जुटेको थिए । तर जसापा, एमाले र नेकपा बाहिरएपछि उनले राजीनामा दिएको बताइएको छ।

    नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए । त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

    दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । सरकारको निरन्तरताका लागि मुख्यमन्त्री यादवले विभिन्न दलसँग राजनीतिक समीकरण मिलाउने प्रयास गरेका थिए । तर तीन पार्टीबीच नयाँ समीकरण भएपछि अब जसपा नेतृत्वमा सरकार बन्ने भएको छ । स्रोतका अनुसार जसपा नेपालका सरोज यादव मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images