images
images
  • चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

    काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७ दशमलव २ ओभरमा छ विकेटको क्षतिमा भेट्टायो ।

    चितवनका लागि डेविड मलानले अविजित ३५, कुशल मल्लले १५, रवि बोपाराले १३ र कामिल मिसाराले १२ रन बनाए । बलिङतर्फ जनकपुर बोल्ट्सका लागि राहुल यादवले ३, ललितनारायण राजवंशीले २ र विशाल सुस्लिङले एक विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनायो । जनकपुरका लागि कप्तान हरमित सिंहले २५, विशाल सुस्लिङले १५ तथा सन्तोष कार्की र राहुल यादवले समान १०/१० रन बनाए ।

    बलिङतर्फ चितवनका लागि रञ्जित कुमारले ३, कप्तान सिकन्दर रजा र कामिल मिसराले समान २/२ तथा रिजन ढकाल र कमल सिंह ऐरीले एक एक विकेट लिए ।

    यो जितपछि चितवन अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले छ खेल खेल्दा तीनमा जित, दुई खेलमा पराजय र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images