images
images
  • एनपीएल प्लेअफको खेलतालिका सार्वजनिक, मंगलबार पहिलो क्वालिफायर

    काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ खेलतालिका सार्वजनिक भएको छ । प्लेअफमा पहिलो क्वालिफायर, एलिमिनेटर र दोस्रो क्वालिफायर गरी तीन खेल हुनेछन् भने फाइनल शनिबार साँझ ५ बजे हुनेछ ।

    पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । यी दुई टोलीबीचको खेल मंगलबार साँझ ५ बजे हुनेछ । पहिलो क्वालिफायरको विजेता टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ ।

    एलिमिनेटर खेल बुधबार साँझ ५ बजे काठमाडौं गोर्खाज र चितवन राइनोजबीच हुनेछ । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

    दोस्रो क्वालिफायर बिहीबार साँझ ५ बजे हुनेछ । उक्त खेलमा पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरको विजेता आमनेसामने हुनेछन् । दोस्रो क्वालिफायर जित्ने टोलीले फाइनलमा पहिलो क्वालिफायरको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images