images
images
  • यी हुन् एमाले प्रवेश गरेर पद गुमाएका माओवादीका २ मेयरसहित १४ जनप्रतिनिधि (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर एमाले रोजेका स्थानीय तहका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् ।

    निर्वाचन आयोगले आज एक सूचनामार्फत उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो । माओवादी केन्द्रको अनुरोधको आधारमा उनीहरूको पद रिक्त भएको आयोगले जनाएको छ । पद रिक्त हुनेमा २ जना मेयर, ५ जना उपमेयर, केही गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्य छन् । उनीहरू अधिकांश रौतहट र कैलालीका हुन् ।

    सोमबारको आकस्मिक केन्द्रीय कमिटी बैठकको निर्णयको माइन्युटसहित माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका उनीहरू एमाले प्रवेश गरी पार्टी परित्याग गरेकोले त्यस्तो पद स्वतस् रिक्त हुने भन्दै आयोगसमक्ष कारवाहीको पत्र बुझाएको थियो ।

    nirbachan aayog notice

    प्रतिक्रिया दिनुहोस्
    images
    images