images
images
  • ब्राजिललाई लज्जास्पद हार चखाउँदै अर्जेन्टिना विश्वकप २०२६ मा छनोट

    साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा स्थान बनाएको छ।

    गएराति राति दक्षिण अमेरिकी छनोटमा उरुग्वे र बोलिभियाले गोलरहित बराबरी खेलेपछि शीर्ष स्थानको अर्जेन्टिना विश्वकपमा स्थान बनायो। उसले आजै भएको खेलमा ब्राजिललाई ४–१ गोलले हराएको छ।

    यो खेलमा बराबरी गरेपनि अर्जेन्टिना विश्वकपमा छनोट हुने थियो। तर, त्यसअघि नै उरुग्वे रोकिँदा अर्जेन्टिना विश्वकपमा स्थान बनाएको हो।

    शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको अर्जेन्टिनाले अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपको लागि छनोट हुने पहिलो दक्षिण अमेरिकी टिम बन्यो।

    लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले अघिल्लो पटक फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो। साथै कोपा अमेरिकाको उपाधि पनि जितेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images