मोरङमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका–६ कदमा गाउँमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको हो ।
मृतक बालबालिकाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगोले हालसम्म ८ घर जलिसकेका छन् । चर्को घाम लागेको र हावा चलेका कारण आगो निभाउन समस्या भएको मोरङ प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।
आगलागीको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनायो । अहिले प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्























