images
images
  • सभामुख अर्यालद्वारा सहिदप्रति श्रद्धाञ्जली

    काठमाडौं सभामुख डोलप्रसाद (डिपी) अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा मधेस आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै उनीहरूले देखेको समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको सङ्कल्पलाई आत्मसात् गर्नुपर्ने बताए ।

    यसअघि आइतबार बिहान सभामुख अर्याल छठ पर्वको अन्तिम दिन कलैयास्थित रामजानकी छठघाट पुगेका थिए । त्यहाँ उनले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नुका साथै छठी माताको पूजा–आराधनामा सहभागी भएको उनको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images