काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आइतबार बिहान कावासोती नगरपालिका–११ लोकाहामा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार चालकले नियन्त्रण गुमाउँदा बिहान करिब ६ः४० बजे बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका यात्रुको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको पण्डितले जानकारी दिए । उनका अनुसार बस दुर्घटनास्थलमै रहेको छ भने घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्






















