काठमाडौं– छठ पर्वका लागि सरकारले थप एक दिन आकस्मिक विदा दिएपछि आज सार्वजनिक विदा रहेको छ ।
छठ पर्वमा अघिल्लो दिन हिजो अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका श्रद्धालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई व्रत समापन गरिसकेका छन् । तर, व्रत समापनपछि नियमित कार्यमा फर्किन समस्या हुने भएको विषयलाई दृष्टिगत गर्दै सरकारले आज सार्वजनिक विदा दिएको हो ।
उक्त सार्वजनिक विदाका बावजुद पनि नेपालका बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सेवालाई निरन्तरता दिने भएका छन् ।
बैंकहरूले आफ्नो मुख्य–मुख्य शाखा कार्यालयहरूलाई खुला गरेर बैंकिङ सेवा उपलब्ध गराउन लागेको जनाएका छन् । प्राय: सबै वाणिज्य तथा विकास बैंकहरूले छुट्टाछुट्टै सूचना जारी गरी आज खुला रहने शाखा कार्यालयहरूका बारेमा जानकारी सार्वजनिक गरेका छन् ।
बैंकका ती सूचनाहरूलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाका आधिकारिका फेसबुक पेजमार्फत सहजरूपमा प्राप्त गर्न सकिनेछ ।
यो पनि पढ्नुहोस्–





















