images
images
  • आजको विदेशी विनिमयदर : डलरको भाउ स्थिर, येन र युरोमा सामान्य वृद्धि (विस्तृत विवरणसहित)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । अमेरिकी डलरको हकमा हिजो आइतबारकै दर आज कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै, आजका लागि जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९९ रुपैयाँ ६९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८० रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

    साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३० पैसा र बिक्रीदर ४१ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

    युएई दिराम एकको खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २७ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

    बाँकी विवरण तालिकामा हेर्नुहोस्–

    Currency Unit Buy Sell
    usd (U.S. Dollar)
    1 150.49 151.09
    eur (European Euro)
    1 165.88 166.54
    gbp (UK Pound Sterling)
    1 198.90 199.69
    chf (Swiss Franc)
    1 179.38 180.09
    aud (Australian Dollar)
    1 101.91 102.32
    cad (Canadian Dollar)
    1 105.46 105.88
    sgd (Singapore Dollar)
    1 116.85 117.32
    jpy (Japanese Yen)
    10 9.42 9.46
    cny (Chinese Yuan)
    1 22.56 22.65
    sar (Saudi Arabian Riyal)
    1 40.10 40.26
    qar (Qatari Riyal)
    1 41.30 41.47
    thb (Thai Baht)
    1 4.44 4.46
    aed (UAE Dirham)
    1 40.97 41.14
    myr (Malaysian Ringgit)
    1 36.82 36.96
    krw (South Korean Won)
    100 11.27 11.31
    sek (Swedish Kroner)
    1 14.94 15.00
    dkk (Danish Kroner)
    1 22.19 22.28
    hkd (Hong Kong Dollar)
    1 19.18 19.26
    kwd (Kuwaity Dinar)
    1 487.65 489.60
    bhd (Bahrain Dinar)
    1 399.07 400.66
    omr (Omani Rial)
    1 390.87 392.43
    INR (Indian Rupee)
    100 160.00 160.15

    प्रतिक्रिया दिनुहोस्
    images
    images