काठमाडौं– नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ९०औँ वर्षमा प्रवेश गरेको छ ।
विक्रम सम्वत् १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंकले अनवरत बैंकिङ सेवा प्रवाह गर्दै आजदेखि ९०औँ वर्षमा प्रवेश गरेको हो ।
बैंकले ९०औँ वर्ष प्रवेशको अवसरमा आफ्ना ग्राहक, नेपाल सरकार, नियामक निकाय, शेयरधनी तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरेको छ ।
बैंकले यस अवसरमा सार्वजनिक गरेको शुभकामना सन्देशमार्फत ग्राहक तथा सरोकारवालाबाट प्राप्त अटुट विश्वास, भरोसा, सेवाको अवसर र सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
नेपालको बैंकिङ इतिहासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बैंकले आगामी दिनमा पनि अझ गुणस्तरीय र आधुनिक प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
‘अनवरत विश्वासको ९०औँ वर्ष’ भन्ने नारासहित बैंकले आफ्नो गौरवपूर्ण बैंकिङ यात्रालाई निरन्तरता दिने जनाएको छ ।





















