images
images
  • बिदाको दिन पनि अन्तरबैंक भुक्तानी नरोकिने

    काठमाडौं– नेपाल राष्ट्र बैंकले छठ पर्वको सार्वजनिक बिदाका दिन पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ ।

    राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै भोलि सोमबार सरकारले सार्वजनिक विदा दिए पनि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सो प्रणाली सञ्चालन हुने जनाएको हो ।

    आरटीजीएस ठूलो मूल्यका तथा अत्यावश्यक भुक्तानीहरू एउटा बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा र छुट्टाछुट्टै फछ्र्यौट गर्ने विद्युतीय प्रणाली हो । यस प्रणालीमार्फत एक बैंकबाट अर्को बैंकमा तथा व्यक्ति वा संस्थाको खाताबाट अर्को व्यक्ति वा संस्थाको खातामा रकम स्थानान्तरण गर्न सकिन्छ ।

    सार्वजनिक बिदाका दिनसमेत आरटीजीएस सञ्चालन गर्ने व्यवस्थाले ठूलो रकमको भुक्तानी तथा अत्यावश्यक अन्तरबैंक कारोबारमा सहजता पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images