images
images
  • नेपाल टेलिकमको खुद नाफामा उल्लेख्य सुधार

    काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफामा उल्लेख्य सुधार आएको छ ।

    कम्पनीले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म खुद नाफा ३७.३५ प्रतिशतले बढेर १ अर्ब ८२ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।

    समीक्षा अवधिमा टेलिकमको खुद नाफा ४९ करोड ४९ लाख रुपैयाँले वृद्धि भएको देखिएको छ भने कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

    यो रकम गत आर्थिक वर्षको सोही अवधिको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँको तुलनामा १२ लाख ६० हजार रुपैयाँ अर्थात् ०.०१ प्रतिशतले बढी हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images