काठमाडौं– कप्तान लियोनल मेसीबिनाको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना उरुग्वेसँग २–१ गोल अन्तरले पराजित भएको छ ।
शनिबार बिहान ब्युनस आयर्सस्थित ला बम्बोनेरा मैदानमा सम्पन्न खेलमा उरुग्वेले दोस्रो हाफमा दुई गोल गर्दै अर्जेन्टिनामाथि जित निकालेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा अर्जेन्टिनाका डिफेन्डर लियोनार्दो बालेरडीबाट आत्मघाती गोल भएपछि उरुग्वेले अग्रता लिएको थियो ।
त्यसको पाँच मिनेटपछि म्याक्सी अराउजोले गोल गर्दै उरुग्वेको अग्रता २–० बनाए । उनले कर्नरबाट आएको बललाई उत्कृष्ट ढंगले गोलमा परिणत गरेका थिए । खेलको ७३औँ मिनेटमा जुलियन अल्भारेजले अर्जेन्टिनाका लागि एक गोल फर्काए । तर त्यसपछि थप गोल हुन नसक्दा अर्जेन्टिना घरेलु मैदानमै पराजित हुन पुग्यो ।
यस खेलमा लियोनल मेसी अर्जेन्टिनाको टोलीमा थिएनन् । उनको अनुपस्थितिमा अर्जेन्टिनाले खेलेको यो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल थियो ।






















