images
images
  • अमेरिकाभर हवाई उडान रोकिँदा सात हजार उडान प्रभावित

    काठमाडौं– अमेरिकामा प्राविधिक समस्या देखिएपछि देशभरका हवाई उडान रोकिएका छन् ।

    अमेरिकी संघीय उड्डयन प्रशासनले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै उडान रोक्ने निर्णय गरेपछि करिब ७ हजार उडान ढिला भएका छन् भने केही उडान रद्द भएका छन् ।

    यसबाट न्यूयोर्क, वासिङ्टन र क्यालिफोर्नियासहित विभिन्न सहरका विमानस्थलमा हजारौँ यात्रु अलपत्र परेका छन् ।

    अमेरिकी यातायातमन्त्री सिन डफीका अनुसार देशका २२ वटा हवाई यातायात नियन्त्रण केन्द्रमा सञ्चार प्रणालीसम्बन्धी समस्या देखिएको थियो । प्राविधिक टोली समस्या समाधानका लागि खटिएको उनले बताएका छन् ।

    प्रारम्भमा शिकागोका ओहेर र मिडवे विमानस्थलमा सञ्चार प्रणालीमा समस्या देखिएपछि उडान रोकिएको थियो । त्यसपछि अन्य हवाई यातायात नियन्त्रण केन्द्रमा समेत समस्या फैलिँदै गएपछि देशव्यापी रूपमा उडान रोक्ने निर्णय गरिएको हो ।

    उडान रोक्ने आदेश जारी भए पनि आकाशमा उडिरहेका विमानलाई भने अवतरण गर्न अनुमति दिइएको थियो । तर, विमानस्थलमा रहेका विमानलाई उडान भर्न रोक लगाइएको थियो । विदेशबाट अमेरिकातर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानबारे भने छुट्टाछुट्टै निर्णय गरिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images