काठमाडौं– नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको कारण हाल देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
यस्तै, मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू–भागमा मौसम मूख्यतया स्फा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यस्तै आज राति देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।






















