काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ ।
आज साँझ ५ बजेदेखि सुरू हुने खेलमा बिराटनगर किंग्स र लुम्बिनी लायन्स आमने सामने हुँदैछ ।
लुम्बिनी लायन्सले ६ खेलमा ९ अंकसहित प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै विराटनगरको भने ६ खेलमा ६ अंक रहेको छ र प्लेअफका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।
दुवै टीमको लिग चरणमा यो अन्तिम खेल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्






















