काठमाडौं– सिद्धार्थ बैंकले आफ्ना ग्राहकको कुनै पनि ई–मेल स्वीकार नगर्ने भएको छ ।
विश्वव्यापी रूपमा माइक्रोसफ्टको इमेल सेवामा आएको प्राविधिक समस्या (आउटेज) का कारण सिद्धार्थ बैंकको ई–मेल सेवा अस्थायी रूपमा प्रभावित बनेको हो ।
बैंकद्वारा जारी सूचना अनुसार, उक्त समस्याका कारण हाल बैंक ई–मेलहरू प्राप्त गर्न असमर्थ रहेको छ । यस अवधिमा पठाइएका ई–मेलहरू बैंकको इनबक्समा प्राप्त नहुने सम्भावना रहेकोले आवश्यक सन्देश तथा जानकारीका लागि वैकल्पिक माध्यम प्रयोग गर्न बैंकले अनुरोध गरेको छ ।
हेर्नुहोस् सूचना–

प्रतिक्रिया दिनुहोस्






















