images
images
  • घाइते कार्यवाहक वडाध्यक्ष बुढाको निधन

    काठमाडौं– सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा घाइते भएका डोल्पाको काइके गाउँपालिका–७ का कार्यवाहक वडाध्यक्ष भीमबहादुर बुढाको उपचारका क्रममा निधन भएको छ ।

    गत बिहीबार दिउँसो करिब ४ बजे काइके गाउँपालिका–७ लावनमा सडक निर्माण भइरहेको स्थानमा माथिबाट एक्कासि ढुङ्गासहितको सुक्खा पहिरो खस्दा ३४ वर्षीय बुढा गम्भीर घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images