images
images
  • प्रधानमन्त्री बालेनको राजकीय भारत भ्रमण मंसिर ६ मा, भोलिपल्टै फर्कने

    काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको मिति र तालिका निश्चित भएको छ । प्रधानमन्त्री शाह आगामी मंसिर ६ मा भारतको राजकीय भ्रमणमा जाने र भोलिपल्टै स्वदेश फर्कने गरी भ्रमण कार्यक्रम तय भएको समाचार सार्वजनिक भएको छ ।

    समाचारअनुसार प्रधानमन्त्री बालेनको भारत भ्रमण दुई दिनमा सीमित हुने भएको छ । यससँगै भारत भ्रमण कहिले हुने भन्ने द्विविधा पनि हटेको छ । यसअघिसम्म मङ्सिर पहिलो हप्ता भारत भ्रमणमा जाने भनिए पनि मिति र तालिका निश्चित भएको थिएन ।

    समाचारका अनुसार प्रधानमन्त्री बालेन मंसिर ६ गते दिउँसो १ः२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गर्नेछन् । त्यस्तै भोलिपल्ट अपराह्न ४ः२० बजे निगमकै नियमित उडानबाट नेपाल फर्कने कार्यक्रम छ ।

    भ्रमणको औपचारिक घोषणा र अन्तिम तालिका भने अझै सार्वजनिक हुन बाँकी छ । भ्रमणको तयारी तथा आवश्यक समन्वयका लागि पर्यटनमन्त्री गणेश पौडेल मंगलबार दिल्ली जाने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    यसअघि प्रधानमन्त्रीको भारत भ्रमण तीन दिनको हुने चर्चा थियो । तर छोटो समयमै उच्चस्तरीय भेटघाट र द्विपक्षीय छलफल सकेर फर्कने गरी भ्रमण छोट्याइएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images