images
images
  • किन छाडिन् सुदूरपश्चिमकी रास्वपा नेतृ गिरीले पार्टी ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ नर्पता गिरीले पार्टी परित्याग गरेकी छन् । नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिमकी प्रभावशाली नेतृ गिरीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेकी हुन् ।

    कञ्चनपुर घर भएकी गिरीले पार्टीको माथिल्लो तहका नेताहरूले जनतालाई परिवर्तनको आशा देखाएर भ्रममा राख्ने काममात्रै गरेको आरोप लगाएकी छन् ।

    पार्टी नेतृत्व गलत बाटोमा हिँडिरहेको महाधिवेशन प्रतिनिधिसमेत रहेकी गिरीले बताएकी छन् । उनले नेतृत्वमा भइरहेको गतिविधि देखेर पनि पार्टी त्याग्ने निर्णयमा पुगेको उनले उल्लेख गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images